एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हर्मुजको जलडमरू नखोले अमेरिकाले नै बन्द गरिदिने धम्की दिनुभएको छ ।
उहाँले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फ यस्ताे धम्की दिनुभएको हाे । स्ट्रेट अफ हर्मुजलाई इरानको बन्धक बन्न नदिने भन्दै यदि इरानले सबैका लागि जलमार्ग खोल्दैन भने अमेरिकाले नै यो मार्ग बन्द गरिदिने चेतावनी दिनुभयाे । अमेरिकाले यसअघि नै घोषणा गरेको इरानी बन्दरगाहमाथिको नाकाबन्दी साेमबारदेखि नै लागू हुने भएकाे छ । नाकाबन्दी अनुसार अमेरिकाले इरानका कुनैपनि बन्दरगाहबाट जहाज ओहोरदोहोर गर्न दिनेछैन ।
इरानलाई शुल्क तिरेर हर्मुज जलमार्ग प्रयोग गरिरहेका विश्वका अन्य देशका जहाजहरुलाई पनि अमेरिकाले रोकिदिने भएकाे छ । उता इरानको सुरक्षा फौजले भने स्ट्रेट अफ हर्मुज आसपास आउने सैन्य जहाजलाई ध्वस्त पारिदिने चेतावनी दोहोर्याएको छ । पश्चिम एशियामा बढ्दो तनावले विश्व बजारमा तेलको मूल्य फेरी बढेको छ ।
साेमबार बिहान एसियाली बजार खुल्दा तेलको मूल्य प्रतिव्यारेल एक सय डलर भन्दा माथि पुगेको हाे ।









प्रतिक्रिया दिनुहोस्