Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


यो वर्ष साढे ५ प्रतिशत आर्थिक वृद्धि : एडीबी


0
Shares

काठमाडौं, असोज १० । एसियाली विकास बैंक (एडीबी)ले आर्थिक वर्ष २०७५/७६ मा ५.५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

नेपालको ‘माइक्रोइकोनोमी’ अपडेट जारी गर्दै एडीबीले सन् २०१९ मा साढे पाँच प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको हो ।

यो सरकारले गरेको अनुमानभन्दा साढे २ प्रतिशत विन्दु कम हो । सरकारले यो वर्ष ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।

गत वर्षको निर्वाचनपछि नेपाल राजनीतिक स्थायित्वतर्फ गएको र समयमा भएको मनसुन एवं केही ठूला आयोजनाको काम सकिने हुँदा साढे ५ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने देखिएको एडीबीले जनाएको छ ।

नयाँ संविधानअनुसार संघीयता कार्यान्वयन नभएको तथा स्थानीय तहमा जाने अधिकारले करलगायतका विषयमा अन्योलता देखिएको बैंकले जनाएको छ ।

गत वर्ष ४.२ प्रतिशत रहेको मूल्य वृद्धिदर यो वर्ष ६ प्रतिशत हुने बैंकको प्रक्षेपण छ ।

कच्चातेलको मूल्य तथा भारतको मूल्य वृद्धिदर र नयाँ संरचनामा हुने सरकारी खर्चले मूल्यवृद्धि बढाउने एडीबीले प्रतिवेदनमा उल्लेख गरेको छ ।

यो वर्ष कृषि क्षेत्रतर्फ ३.५ प्रतिशत, उद्योगतर्फ ७.२ तथा सेवा क्षेत्रको वृद्धिदर ६.१ प्रतिशत हुने एडीबीको प्रक्षेपण छ ।