काठमाडौं ।
नवनिर्वाचित प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल निर्विरोध चयन हुनुभएको छ ।
निर्वाचित भएसँगै उहाँले पद तथा गोपनीयताको शपथ पनि लिनुभएको छ । प्रतिनिधिसभाको सर्वोच्च पदमा पुगेका अर्यालका अघि चुनौतीका भने चाङ छन् । चुनौतीकाबीच सभामुख अर्यालले सभालाई कसरी अघि बढाउनुहुन्छ भन्ने चासोका साथ हेरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको सरकारमा शक्तिशाली मन्त्रीको दाबी गरिरहेका रास्वपा उपसभापति डोलप्रसाद अर्याल अन्ततः प्रतिनिधिसभाको सभामुख बन्नुभएको छ ।
रास्वपाभित्रको शक्ति सन्तुलन र प्रधानमन्त्री बालेन्द्र शाहले आफू अनुकूलका मन्त्रीहरु चयन गर्ने क्रममा आफूले चाहेको गृहमन्त्री हुन नसक्नुभएका अर्याल सभामुख हुने सहमतिमा अरु मन्त्रालय बाँडफाँड टुंगिएको थियो ।
त्यसो त रास्वपाको झण्डै दुई तिहाइको बहुमत रहेको संसदको सभामुख पनि कम शक्तिशाली होइन । त्यसमाथि अर्याल निर्विरोध सभामुख चयन हुनुभएको छ ।








प्रतिक्रिया दिनुहोस्