नवलपरासी, असोज १० । उखुको रकम नपाएको भन्दै पश्चिम नवलपरासीका किसानहरुले पूर्व–पश्चिम राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन् ।
बुधबार नवलपरासीमा पत्रकार सम्मेलन गरी उनीहरुले एक वर्षअघिको रकम अहिलेसम्म नपाएको भन्दै शुक्रबारदेखि राजमार्ग बन्द गर्ने चेतावनी दिएका हुन् ।
उखु बिक्री गर्ने समय नजिकिँदै गर्दासमेत उद्योगहरुले गत वर्षको रकम दिन आलटाल गरेकाले आन्दोलन गर्न बाध्य भएको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादवले बताए ।
दसैंअघि सम्पूर्ण रकम पाउनु पर्ने, तिहारअघि न्यूनतम् समर्थन मूल्य तोकिनुपर्ने र सरकारले उपलब्ध गराउने अनुुदान रकम मूल्यसँगै समायोजन गर्नुपर्नेलगायतका माग उनीहरुको छ ।
तर, बाग्मती चिनी उद्योगका सन्चालक राम थापाले गोदामको चिनी बिक्री नहुँदा भुक्तानीमा समस्या भएको बताए ।









प्रतिक्रिया दिनुहोस्