Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


सीमानाका बेलहियामा सफाइ


0
Shares

भैरहवा, असोज १० । ३९औं पर्यटन दिवसको पूर्वसन्ध्यामा बुधबार नेपाल–भारत सीमानाका बेलहियामा सरसफाइ गरिएको छ ।

नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा)को समन्वयमा विभिन्न पर्यटन सम्बद्ध संघ–संस्थाले सीमानाका बेलहियादेखि बाइपासरोडसम्म सरसफाइ गरेका हुन् ।

पर्यटन दिवसका दिन आउने पर्यटकको स्वागतका लागि सफाइ र अरु सबै तयारी पूरा भएको नाट्टाले जनाएको छ ।

पर्यटन दिवसका दिन बिहीबार नेपाल प्रवेश गर्ने चारजना पर्यटकलाई उनीहरुको पहिलो गन्तव्यसम्म जान निःशुल्क यातायातको व्यवस्था गरिनेछ ।

यस्तै, बिहीबारको होटल रुम तथा खानाको पनि निःशुल्क व्यवस्था हुने नाट्टाका प्रदेश संयोजक विष्णुप्रसाद शर्माले जानकारी दिए ।