Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार चलाउनेछः कुलमान घिसिङ


403
Shares

काठमाडाैं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकबाटै सरकार चलाउने बताउनुभएकाे छ ।

बुधवार काठमाडौंमा आयोजित पार्टीको बाममती प्रदेशस्तरीय अगुवा भेलामा बोल्दै उहाँले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि सडकबाटै आम जनताको सरकारको रुपमा काम गर्ने बताउनुभएको हो ।

मुलुकको राष्ट्रियता, विद्यमान समस्या समाधान गर्दै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आफ्नो पार्टीले सडकबाटै सशक्त भुमिका निर्वाह गर्ने अध्यक्ष घिसिङको भनाई थियो । उहाँले देशलाई सही बाटोमा लैजानका लागि सरकारलाई खबरदारीको काम गर्ने पनि आफ्नो पार्टीको प्रतिवद्धता रहेको बताउनु भयो ।

अध्यक्ष घिसिङले आफ्नो पार्टी जनताको घरदैलोमा पुग्ने र आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा नेपालको सशक्त पार्टीको रुपमा उदय हुने जिकिर समेत गर्नु भयो ।

उहाँले भन्नुभयो,‘उज्यालो नेपाल पार्टी सडकमा बसेर सरकार चलाउनु भनेर हामीलाई म्यान्डेट दिएको छ । हामी सडकमा बसेर आम नेपाली जनताको सरकार चलाउने छौँ । सडकको सरकार उज्यालो नेपाल पार्टीको हुनेछ । सडकबाट पनि यो देशको समस्या, यो देशमा भएका विभेद र यो देशलाई समृद्धितिर लैजानकालागि सशक्त भुमिका हामीले निभाउनेछौँ ।

यो देशको राष्ट्रियता, यो देशको समृद्धि र समस्याको विषयमा हामीले सशक्त रुपले सडकबाट खवरदारी गर्नेछौँ । राम्रा कुरालाई समर्थन गर्नेछौँ । नराम्रा, खराब कुरालाई खवरदारी गर्दै देशलाई सही बाटोमा अगाडि बढाउनका लागि हामी सशक्त रुपमा अगाडि बढ्नेछौँ । यो हाम्रो प्रतिवद्धता हो । अब उज्यालो नेपाल पार्टी हामी अब उज्यालो नेपाल पार्टी हामी हारेर पनि सबभन्दा अगाडि उठेको पार्टी हो । हामी चुनाव सकिएको केही समयमा नै केन्द्रिय कमिटीको बैठक राख्यौँ । छलफल ग¥यौँ । देशैभरीको उम्मेदवारहरुलाई बोलाएर समिक्षा ग¥यौ ।

आगामी दिनमा कसरी जाने भनेर एउटा कार्यदिशा पनि बनाएका छौँ । हामीले त्यस विषयमा छलफल गरेका छौँ । र सबै प्रदेशहरुमा हामीले भेलाहरु, तय गरेका छौ । पहिलो भेलाहामी बागमती प्रदेशबाट गर्दैछौँ । १४ गते हामी मधेस प्रदेशबाट भेला गर्दैछौँ । त्यस्तै गरेर हामी सात वटै प्रदेशमा भेलाहरु सम्पन्न गर्दैछौँ । त्यसपछि हामी जिल्ला भेला, पालिका भेला र वडासम्मको भेला सम्पन्न गरेर उज्यालो नेपाल पार्टीले अब गाउँटोलसम्म हाम्रो संगठन विस्तार गर्नेछौँ । अब हामी घर दैलोमा पुग्छौं । घरघरमा पुग्छ । र उज्यालो नेपाल पार्टीले आगामी स्थानीय निकाय र प्रदेशको चुनावमा नेपालको सशक्त पार्टीको रुपमा उपस्थित हुन्छौँ ।’ अध्यक्ष घिसिङले प्रतिनिधि सभा निर्वाचनमा थोरै समय भएर कारण आफ्नो पार्टीले हार व्यहोर्नुपरेको निष्कर्ष पनि सुनाउनु भयो ।