Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


सभापति थापा राजीनामा: पार्टी र देश बदल्छु भनेर हिंडेको क्याप्टेनले मैदान छोडेर जान मिल्दैन: अर्जुननरसिंह केसी

'निर्वाचनको हार- जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत'

286
Shares

काठमाडाैं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत हुने बताउनुभएको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको बैठकअघि सानेपामा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टी सभापति गगनकुमार थापाको राजीनामा बेठिक भएको बताउनुभयो । पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छोडेर जान नमिल्ने टिप्पणी पनि गर्नुभयो । उहाँले निर्वाचनको परिणामबाट नआत्तिन पार्टी कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभएकाे छ।

नेता केसीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्थिरता, समृद्धि र विकास दिन आग्रह गर्दै लोकतन्त्रलाई संरक्षण गर्ने काममा कांग्रेसले सहयोग गर्ने समेत बताउनुभयो । उहाँले पार्टीका विगतका विकृति र विसंगतिहरू रातारात समाधान नहुने तर्क गर्दै नेता केसीले ५० दिनको छोटो अवधिमा जादुई परिवर्तन खोज्नु व्यवहारिक नहुने भन्दै पार्टीलाई सभापति थापाको आवश्यकता रहेको बताउनुभयो ।

पार्टी केन्द्रीय कार्यालय सानेमा जारी बैठकमा सभापति थापाको राजीनामा र प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामकाे बारेमा छलफल भइरहेको छ ।