Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


इजरायली सेनाकाे आक्रमणमा परी लेबनानमा १६ जनाको निधन, दर्जनाैं घाइते


234
Shares

एजेन्सी । इजरायली सेनाकाे हवाई आक्रमणमा परी दक्षिणी लेबनानमा तीन लेबनानी सैनिकसहित १६ जनाको मृत्यु भएको छ ।

सिडोन जिल्लाको अरब अल–जाल सहरमा स्थानीयहरूले ध्वस्त भएको आवासीय भवनको भग्नावशेष पन्छाएका थिए । लेबनानी आधिकारिक स्रोतले साेही आक्रमणमा परी अन्य दर्जनाैं घाइते भएकाे जनाएकाे छ। यो दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा भएको व्यापक तनावको एक हिस्सा थियो । लेबनानको हिजबुल्लाह समूहले खियाम नजिकै इजरायली सेनाको भेलातर्फ रकेट प्रहार गरेको हाे।

उत्तरी इजरायलको नहारियामा भारी गोलाबारी गरेको र मारौन अल–रासमा रहेका स्थानहरूमा ड्रोन आक्रमण गरेको जनाइएकाे छ।