Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


म्यादी प्रहरीको भीरबाट लडेर निधन


338
Shares

काठमाडाैं । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ।

भीरबाट लडेर गम्भीर घाइते भएका लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे हाे । बिहीबार घर फर्किने क्रममा धामी लेकम गाउँपालिका-१ मा भीरबाट लडेर घाइते भएका थिए।

उनलाई धनगढी लगिएको थियो। उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले बताएकाे छ।