एजेन्सी । इजरायली सेनाकाे आक्रमणमा परी लेबनानमा मृत्यु हुनेकाे संख्या ५ सय ७० जना पुगेको छ ।
लेबनानी मन्त्रिपरिषद्को प्रकोप जोखिम व्यवस्थापन इकाईले सार्वजनिक गरेको तथ्यांक अनुसार यहि मार्च २ तारिखदेखि शुरु भएको आक्रमणमा परी हालसम्म १ हजार ४ सय ४४ जना घाइते भएका हुन् । यस द्वन्द्वले देशभरी ठूलो स्तरमा विस्थापन निम्त्याएको छ । सरकारी तथ्यांक अनुसार हालसम्म करिब ७ लाख ५९ हजार ३ सय जना विस्थापितका रूपमा दर्ता भएका छन् । अधिकारीहरूका अनुसार युद्धका कारण घर छोड्न बाध्य भएका परिवारहरूका लागि विभिन्न क्षेत्रमा ५ सय ८० वटा आश्रयस्थलहरू स्थापना गरिएका छन्। जहाँ हाल १ लाख २२ हजार ६ सय विस्थापित मानिसहरू बसोबास गरिरहेका हुन् ।
यसैबीच लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायलले अहिले पनि बेरुतको दक्षिणी उपनगरीय क्षेत्रमा तीन वटा हवाई आक्रमण गरेको छ । दक्षिण लेबनानका विभिन्न क्षेत्रमा पनि इजरायली सेनाले आक्रमणहरू जारी रहेकाे हाे । इजरायली सेनाले हेजबुल्लाहविरुद्ध आक्रामक सैन्य अभियान शुरु गरेको जनाएको छ । यस अन्तर्गत लेबनानका विभिन्न भू–भागमा तीव्र हवाई आक्रमण र सीमा क्षेत्रमा स्थलगत सैन्य कारबाहीहरू भइरहेका छन् ।
इजरायलले लिटानी नदीको दक्षिणी क्षेत्र र बेरुतको दक्षिणी उपनगरीय क्षेत्रका बासिन्दाहरूलाई सो स्थान खाली गर्न चेतावनी समेत दिएको एजेन्सीले जनाएकाे हाे।







प्रतिक्रिया दिनुहोस्