Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


मधेशसहित ७ वटै प्रदेशका केही स्थानमा आज दिउँसाेदेखि भारी हिमपात र वर्षा हुँदै


1.9k
Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

बुधबार बिहान देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । तराई तथा उपत्यकाका केही स्थानहरूमा तुवाँलो पनि लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

त्यस्तै, बुधबार दिउँसो भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । साथै बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। तराई तथा उपत्यकाका केही स्थानहरूमा तुवाँलो पनि रहनेछ । कोशी , बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशको तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।

त्यस्तै, बुधबार राति भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साधरणतया बादल लाग्ने भएकाे छ । साथै बाँकी भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।