Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


घरदैलो मतदाता शिक्षा अभियान आज सकिंदै


169
Shares

काठमाडाैं । यहि फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि सञ्चालन गरिएको घरदैलो मतदाता शिक्षा अभियान आइतबारदेखि सकिँदैछ ।

निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा स्वास्थ्य स्वयंसेविकाहरुमार्फत फागुन ३ गतेदेखि घरदैलो मतदाता शिक्षा अभियान सञ्चालन गरेको हाे। संचारकर्मीसँग कुरा गर्दै निर्वाचन आयुक्त डाक्टर जानकीकुमारी तुलाधरले मतदाता शिक्षा प्रभावकारी रहेको बताउनुभयो । आवश्यकता अनुसार स्वयंसेविकाहरूले स्थानीय मातृभाषामा नै मतदाता शिक्षा दिइएको पनि उहाँले जानकारी दिनुभएकाे छ ।

आयोगले मतदाता शिक्षाको प्रभावकारीता अनुगमनका लागि ७ सय ५३ वटै स्थानीय तहमा अनुगमनकर्ताहरू खटाएको थियो ।