काठमाडौं । नेपालमा २००७ सालको ऐतिहासिक क्रान्तिले राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस यस वर्ष पनि उत्साहपूर्ण रूपमा मनाइएको छ ।
साेही दिवसकाे अवसरमा साेही अवसरमा बिहीबार टुँडिखेलमा एक कार्यक्रमकाे आयाेजना गरिएकाे हाे । दिवसले नेपाली जनताको लामो संघर्ष र बलिदानको स्मरण गर्दै लोकतन्त्र, सुशासन र समृद्धिको सन्देश प्रवाह गरेको छ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरु र उच्चपदस्थ सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो । नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो । साेही कार्यक्रममा सेनाद्वारा मार्च पास, झाँकी, साँस्कृतिक नृत्य तथा सांगीतिक धुनहरू प्रस्तुत गरिएकाे हाे ।
राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास तथा समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास समेत गरिएको छ ।











प्रतिक्रिया दिनुहोस्