काठमाडाैं । राहदानी विभागले सार्वजनिक बिदाका दिन पनि आफ्नो सेवालाई निरन्तरता दिने भएको छ ।
विभागले सार्वजनिक सूचना निकालेर बुधबार र बिहीबार सार्वजनिक बिदा भए पनि राहदानी वितरण लगायतका कामका लागि विभाग खुला रहने जनाएको हो । बुधबार ग्याल्पो ल्होसार र बिहीबार प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । दुई दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहने जारी सूचनामा उल्लेख छ । विभागले बुधबार राहदानी वितरण सेवा प्रदान गर्ने जनाएको हाे।
त्यस्तै , बिहीबार राहदानीका लागि आवेदन फारम संकलन हुने भएकाे छ । अत्यावश्यक सेवा भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला रहने विभागले जनाएको हाे ।









प्रतिक्रिया दिनुहोस्