काठमाडौँ ।
सञ्चार उद्यमी एवं वरिष्ठ समाजसेवी स्वर्गीय भरतलाल श्रेष्ठको १० औं पुण्यतिथिमा काठमाडौंको वसन्तपुरमा आइतबार बृहत् रक्तदान कार्यक्रम गरिएको छ।
कामना न्यूज पब्लिकेसन्स् प्रालि, लायन्स क्लब अफ नेपाल, द रोलिङ स्टोन्स् स्कुल, विशाल बजार व्यापार संघ, ब्लड डोनर्स एसोसिएसन नेपाल, स्यस्यः समाज, लायन्स क्लब अफ काठमाडौं विशाल बजार, लियो क्लब अफ काठमाडौं विशाल बजारलगायतका संस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो।

स्वर्गीय श्रेष्ठको स्मृतिमा हरेक वर्ष फागुन ३ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गरिँदै आएको छ। स्वर्गीय श्रेष्ठ कामना न्यूज पब्लिकेसन्स् प्रालिका संस्थापक अध्यक्ष, लायन्स क्लब अफ नेपालका पूर्वडिस्ट्रिक गभर्नर, द रोलिङ स्टोन्स् स्कुलका संस्थापक अध्यक्ष, विशाल बजार व्यापार संघका संस्थापक अध्यक्ष र विशाल बजार कम्पनीका पूर्वअध्यक्ष थिए।
त्यस्तै उनले स्यस्यः समाजको संस्थापक अध्यक्ष, लायन्स क्लब अफ काठमाडौं विशाल बजारको संस्थापक अध्यक्षलगायतका संघसंस्थामा आबद्ध भई सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेका थिए।

स्वर्गीय श्रेष्ठले विभिन्न संघसंस्थामार्फत् सामाजिक क्षेत्रमा पुर्याएको योगदानको सम्झना गर्दै उनीप्रति सम्मान प्रकट गर्न हरेक वर्ष रक्तदान कार्यक्रम गरिँदै आएको छ। सो रक्तदान कार्यक्रममा सामाजिक क्षेत्रमा उनले पुर्याएको योगदानको चर्चासमेत गरिएको थियो।
कामना न्यूज पब्लिकेसन्स् प्रालिका प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठले समाजसेवा र उद्यमशीलतामा पुर्याएको योगदानको स्मरण गर्दै मानवीय सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका थिएका छन् । उक्त कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, व्यवसायी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।






प्रतिक्रिया दिनुहोस्