Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


संयुक्त राष्ट्रसंघ आर्थिक संकटमा


494
Shares

एजेन्सी। संयुक्त राष्ट्रसंघले अमेरिकाबाट अपेक्षित रकम नआएपछि आर्थिक संकटको सामना गरिरहेको छ ।

महासचिव एन्टोनियो गुटेरेसले सबै सदस्य राष्ट्रले समयमै शुल्क तिर्न नसके तथा सङ्गठनका वित्तीय नियम सुधार नभएमा संयुक्त राष्ट्रसंघ गम्भीर आर्थिक सङ्कटमा पर्न सक्ने चेतावनी दिनुभएकाेर् हाे । संयुक्त राष्ट्रसंघका अधिकारीहरूले अमेरिकाले नियमित सञ्चालन बजेटका लागि करिब दुई अर्ब डलर तिर्न बाँकी रहेकाे बताएका छन् । जसमा यस वर्षको लागि ७ करोड ६७ लाख डलर पनि समावेश छ । साथै, शान्ति स्थापना कार्यका लागि छुट्टै बजेटमा पनि ठूलो रकम बाँकी रहेकाे जनाइएकाे छ।

अमेरिकी प्रतिनिधित्वको अनुसार आगामी केही हप्ताभित्र अमेरिकी प्रशासनले आफ्नो बाँकी रकमको आंशिक भुक्तानी गर्ने योजना बनाइरहेको छ । यस विषयमा महासचिव गुटेरेस र अमेरिकी अधिकारीहरूबीच निरन्तर सम्पर्क भइरहेको संयुक्त राष्ट्रसंघले जनाएको हाे । महासचिव गुटेरेसले यदि आवश्यक रकम समयमै प्राप्त नभएमा यस वर्ष जुलाईसम्म नियमित बजेट सकिने र यसले सङ्गठनका गतिविधिमा गम्भीर असर पार्न सक्ने सम्भावना रहेकाे बताउनभयाे ।

संयुक्त राष्ट्रसंघका अधिकारीहरूले नियमित बजेटतर्फको अधिकांश बक्यौता अमेरिकाकै हिस्सामा रहेको बताएका छन् । हालसम्म करिब ६० देशले तोकिएको समयभित्र आफ्नो वार्षिक शुल्क भुक्तानी गरिसकिएकाे संयुक्त राष्ट्रसंघले जनाएकाे हाे ।