शंकर बरूवाल-संवाददाता
रामेछाप। रामेछापको मन्थली नगरपालिका-६, सेलेघाटस्थित मसानटारमा यात्रुवाहक बस तामाकोशी नदीमा खस्दा ५ जनाकाे मृत्यु भएकाे छ।
काठमाडौंबाट मंगलबार बिहान ओखलढुङ्गाको रगनी जाँदै गरेको ९९७५ नम्बरको बस नदीमा खस्दा उनीहरुकाे मृत्यु भएकाे प्रहरीले बताएकाे हाे । साेही दुर्घटनामा परी उनीहरुकाे घटनास्थलमै मृत्यु भएको उद्धारमा संलग्न एक जना प्रहरीले बताएका छन् । ३ जना गम्भीर घाइते भएका छन् । ६ जनालाई भने उद्धार गरेर उपचारका लागि अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे हाे ।
बस सडकबाट करिब १ सय मिटर तल तामाकोशी नदीमा खसेको प्रहरीले बताएकाे छ । दुर्घटनाकाे थप विवरण आउन भने बाँकी रहेकाे प्रहरीले बताएकाे छ ।





प्रतिक्रिया दिनुहोस्