Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


दक्षिण कोरियामा सैन्य हेलिकाेप्टर दुर्घटनाग्रस्त, २ गम्भीर घाइते


143
Shares

एजेन्सी । दक्षिण कोरियाको ग्योन्गी प्रान्तमा सोमवार एउटा सैन्य हेलिकाेप्टर दुर्घटनाग्रस्त भएको छ ।

योन्हाप समाचार एजेन्सीले दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएकाे जनाएकाे हाे । उनीहरूलाई मुटुको चाल बन्द भएको अवस्थामा अस्पताल लगिएको छ । राजधानी सोललाई घेरेको यस प्रान्तको गप्योङ काउन्टीमा स्थानीय समय अनुसार बिहान करिब ११ बजे उक्त हेलिकाेप्टर दुर्घटना भएको हो । दुर्घटनामा परेका दुवै व्यक्तिलाई गम्भीर चोट लागेको छ ।

उडान प्रशिक्षणका लागि उडेको उक्त हेलिकप्टर दक्षिण कोरियाली सेनाको एएच–वानएस कोब्रा मोडेलको थियो । एजेन्सीले हेलिकाेप्टर सेवाबाट अवकाशको प्रक्रियामा रहेको थियो । दुर्घटनाका क्रममा कुनै पनि विस्फोट वा आगलागी नभएकाे एजेन्सीले बततएकाे हाे । अधिकारीहरूले दुर्घटनाको कारणकाे बारेमा अनुसन्धान शुरु गर्ने जनाइएकाे छ।