Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


अवैध गोदाममा छापा हान्दा तस्करको आक्रमण, ३ सशस्त्र प्रहरी घाइते


1.3k
Shares

काठमाडौं । वीरगञ्जमा अवैध रुपमा सञ्चालन गरिएको गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्।

वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा अवैध रुपमा भण्डारण गरिएको कपडा बरामद गर्ने क्रममा झडप भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगञ्ज तथा वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार बिहान गोदाममा छापा मारेर करिब ७ लाख रुपैयाँ मूल्य बराबरको अवैध कपडा बरामद गरेको थियो।

कपडा बरामदपछि आक्रोशित तस्कर समूहले ढुंगामुढा गर्दै आक्रमण गरेपछि झडप भएको हो। तस्करको आक्रमणबाट सशस्त्र प्रहरी बल नेपालको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षति पुगेको सहप्रवक्ता थापाले जानकारी दिएका छन् ।