Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


नवलपुरमा चराको संख्या वृद्धि


0
Shares

नवलपुर ।
चितवन राष्ट्रि निकुञ्ज नजिक रहेको नवलपुरमा चराको संख्या वृद्धि भएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्र नारायणी नदी र आसपासका तलाउमा गत वर्ष भन्दा चराको संख्या बढेको हो ।

नारायणी नदीका ५ स्थानलाई आधार बनाई गरिएको जलपंक्षी गणनामा गतवर्ष भन्दा ३ हजार ३ सय ३९ चरा धेरै भेटिएका छन् । एसियन जलपंक्षी गणना संयोजक डिबि चौधरीका अनुसार नारायणी नदीमा यस पटक ४२ प्रजातिका १२ हजार ८ सय ८७ चरा भेटिएका छन् । चखेवा, लक्ष्मण सारस, श्वेतमाछा कलहास, सुनजुरे हाँस र सिन्दुरे हाँस प्रजातिका जलपंक्षीहरू यस पटक उल्लेख्य संख्यामा देखिका छन् ।

हरेक वर्ष जनवरी महिनाको दोश्रो र तेस्रो साता गरिने जलपंक्षी गणना वेटल्याण्ड ईन्टरनेसनलको समन्वयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पंक्षी संरक्षण संघ लगायत विभिन्न संघसंस्थाको पहलमा हुँदै आएको छ ।