Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


चुनावी तयारी तिव्र (भिडियाे रिपोर्ट)


0
Shares

काठमाडौं ।
यही माघ ६ गते उम्मेदवारी दर्ता गरेपछि राजनीतिक दल तथा स्वतन्त्र उम्मेवारहरु मतदाताको घरदैलोमा पुग्न सुरु गरेका छन् ।

देशव्यापी रुपमा चुनावी सरगर्मी बढिरहेको बेला निर्वाचन आयोगले पनि आफ्नो चुनावी तयारीलाई थप तीव्र बनाएको छ । मतपत्र छपाईदेखि आचारसंहिता निगरानी तथा अन्य ब्यवस्थाको काम अघि बढाईरहेको बताउने आयोगको अरु तयारी कस्तो छ त ? फागुन २१ गतेको निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र छपाईको काम सकेर मंगलवार देखि प्रत्यक्ष तर्फको छपाई सुरु गरिएको छ ।

यहाँसम्म आइपुग्दा निर्वाचन घोषणा भएपछि मतदाता नामावली संकलन, नामावली अध्यावधिक, दल दर्ता, उम्मेदवारको मनोनयन लागायतका काम सकिएको छ । अत्यावश्यक सामाग्री खरिद लागयतका काम अगाडि बढाइसकेको छ ।