काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले देशैभरी राजनीतिक सरगर्मी बढाएको छ ।
उम्मेदवारहरु अहिले मतदाताको घर आगनमा पुगिरहेका हुन् । पुराना स्थापित दलसँग नयाँ तथा स्वतन्त्र उम्मेदवारले दिएको चुनौतीले निर्वाचनलाई रोचक बनाएको छ । निर्वाचन आयोगले उमेदवारको अन्तिम नामावली प्रकाशन गरिसक्दा देशैभरीका निर्वाचन क्षेत्रमा उम्मेदवार मत माग्न व्यस्त देखिएका छन् ।
लामो समयपछि दलहरु एक्ला एक्लै चुनावी मैदानमा उत्रिएका हुन् । चुनाव आफ्नो पक्षमा पार्ने विभिन्न रणनीति अपनाइरहेका दलहरुले अहिले शुरु मै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नेदेखि डिजिटल मिडियामार्फत चुनाव प्रचारप्रसारलाई तीव्रता दिन शुरु गरेका छन् । अहिलेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलहरु आन्तरिक निर्वाचन मार्फत नेतृत्व परिवर्तनदेखि युवा उम्मेदवारलाई अगाडि सारेर प्रतिस्पर्धामा उत्रिएका हुन् ।
कांग्रेसका सभापति गगन थापा यसपटक काठमाडौं छाेडेर सर्लाही पुग्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग झापामा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन शाह लगायतका उम्मेदवार प्रतिस्पर्धामा छन् । प्राय सबै जसो चुनावमा निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल यस पटक रुकुम पूर्व पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने साविक कै जिल्ला चितवनबाटै प्रतिस्पर्धामा उत्रिएका हुन् । अधिकांश स्थानमा प्रभावशाली नेताहरुकैबीचमा प्रतिस्पर्धा हुने स्थिति देखिएको छ । अझ नयाँ दलले लोकप्रिय अनुहारलाई उम्मेदवारी खडा गर्दा पूराना दलहरुले पनि सामाजिक सञ्जाल मार्फत आक्रामक प्रचार गरिरहेकाे पूर्वकार्यवहाक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले बताउनुभयाे ।
जेनजी आन्दोलनका कारण समय अगावै हुन लागेको प्रतिनिधिसभा निर्वाचन मिलेर अगाडि जाने कांग्रेस र एमालेको तयारीलाई कांग्रेसमा आएको नेतृत्व परिवर्तनले निस्तेज पारिदियो । अन्यथा त्यो पुरानै अवस्थामा जाने राजनीतिक विश्लेषक डा.सुरेश आचार्यले बताउनुभएकाे छ। यसपटकको निर्वाचन पहिलेको भन्दा फरक छ । नयाँ तथा पुराना राजनीतिक दलबाट चुनावलाई अस्थित्वको लडाइका रुपमा लिन सक्ने सुरक्षा क्षेत्रका जानकारहरु बताउँछन । निर्वाचन सुरक्षा र आचारसंहिता पालना गराउने विषय चुनौतीपूर्ण हुनसक्ने भन्दै यसतर्फ गम्भिरतापूर्वक सोच्नुपर्ने पूर्वआयुक्त गुरुङको सुझाव छ ।
जेनजी आन्दोलन र त्यसले बदलेको परिस्थितिले देश अहिले निर्वाचनमय भएको हाे । अलिहेको निर्वाचनलाई पूराना दलहरुले आफ्नो अस्तित्वसँग जोड्ने र नयाँ दलहरुले आन्दोलनको बलमा उभिन खोज्ने अवस्था देखिएको छ । विभिन्न असन्तुष्टी र आन्दोलनको छोटो समयमा हुन लागेको यो निर्वाचनलाई संसदीय क्षेत्रका जानकाहरु अन्य समयको भन्दा जटिल रुपले हेरेका छन् ।
भिडियाे रिपाेर्ट:





प्रतिक्रिया दिनुहोस्