काठमाडौं, असोज ८ । नेपाल फर्निचर तथा फर्निसिङ संघले आयोजना गरेको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१८)को ७५ हजार बढीले अवलोकन गरेका छन् ।
गत बिहीबारदेखि सुरु भएको एक्स्पो सोमबार उत्साहजनकरुपमा सकिएको आयोजकले जनाएको हो ।
एक्स्पोमा अधिकांश अवलोकनकर्ताले सामान बुकिङ गरेको जनाइएको छ ।
व्यापारका हिसाबमा ठूलो रकमको सामान बुकिङ भएको र यसले आफूहरुलाई आगामी वर्षहरुमा अझ विस्तारित शैलीमा एक्स्पो आयोजना गर्न उत्साहित बनाएको संघले जनाएको छ ।
प्रतिष्ठित स्वदेशी तथा विदेशी ब्रान्डका १०० भन्दा बढी कम्पनीहरुको एक्स्पोमा सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्