Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


बैतडीमा जिप दुर्घटना: ३ जनाकाे घटनास्थलमै मृत्यु


195
Shares

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाकाे घटनास्थलमै मृत्यु भएको छ।

सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेर जिप सोमबार बिहान साढे १० बजेतिर जय पृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाटी नजिक दुर्घटनामा परेको हो । जिप आफैं अनियन्त्रित भएर सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभएकाे छ। मृतक ३ जनाको सनाखत हुन भने बाँकी रहेको प्रहरीले बताएकाे हाे।

जिपमा सवार अन्य सबै घाइते भएका र घाइतेहरूको संख्या यकिन हुन बाँकी रहेको प्रहरी निरीक्षक सिंहले बताउनुभयाे । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय बैतडीले जनाएको छ ।