काठमाडौं । बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-६, तिवारीस्थित सडकमा बसले स्कुटरलाई ठक्कर दिँदा सोही क्षेत्रकी २३ वर्षीया आयुषा सिखंडाको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो बा ५ ख २५६२ नम्बरको बसले प्रदेश ३-०२०१३ प ९५४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते आयुषालाई उपचारका लागि नारायणटारस्थित शंखरापुर अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्