Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


नयाँ पुस्ता देशको नेतृत्व गर्न सक्षम रहेका कारण पुराना दललाई चिन्ता नगर्न सभापति लामिछानेकाे आग्रह

पुराना राजनीतिक दलले देशलाई निराशातर्फ धकेलेको आरोप

130
Shares

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ पुस्ता देशको नेतृत्व गर्न सक्षम र सबल रहेको दावी गर्दै पुराना राजनीतिक दलहरुलाई चिन्ता नगर्न आग्रह गर्नुभएको छ ।

काठमाडौंमा साेमबार आयोजित बृहत राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्ताे आग्रह गर्नुभएको हाे। पुराना राजनीतिक दलका नेताहरूले नयाँ पुस्ताप्रति शंका गर्ने गरेको उल्लेख गर्दै उहाँले देशलाई संकटबाट जोगाउन नयाँ पुस्ता सक्षम रहेको बताउनुभयाे। उहाँले बजेट भाषणमा मात्र सीमित रहने संसदलाई जनचासोको केन्द्र बनाउने पार्टी नै रास्वपा भएको जिकिर पनि गर्नुभएकाे छ । उहाँले बिग्रिएको अर्थतन्त्र, कमजोर बनेको वैदेशिक सम्बन्ध र खस्किएको राष्ट्रिय मनोबललाई उकास्ने दावीसहित नयाँ पुस्ता मिलेर अघि बढिरहेको पनि बताउनुभयो । उहाँले पुराना राजनीतिक दलहरुले देशलाई निराशातर्फ धकेलेको आरोप समेत लगाउनुभएकाे छ।

सभापति लामिछानेले अहिलेको राजनीतिक संकट समाधान गर्ने एक मात्र विकल्प निर्वाचन नै भएको उल्लेख गर्दै निर्वाचनको वातावरण खल्बल्याउने गतिविधि नगर्न समेत सबै पक्षलाई आग्रह गर्नुभयो ।