Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


कांग्रेसमा विशेष महाधिवेशन पक्ष थप आक्रमक ! (भिडियाे रिपोर्ट)

कांग्रेस महाधिवेशनको भूमरीमा फस्याे

0
Shares

काठमाडाैं। नेपाली कांग्रेस महाधिवेशनको भूमरीमा फसेको छ ।

यहि पुस अन्तिम साता १५औं महाधिवेशन गर्ने कार्यतालिका कार्यान्वयन नभएको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशन गराउने अभियानमा सक्रिय भइरहेका हुन् । विशेष महाधिवशेनको प्रक्रिया अघि बढेपछि संस्थापन पक्षले भने हतार-हतारमा नियमित महाधिवेशनको नयाँ तालिका सार्वजनिक मात्रै गरेको छैन केन्द्रीय समितिको बहुमतबाट अनुमोदन समेत गराएको छ । जसले देशको सवैभन्दा पुरानो पार्टी कांग्रेस जटिल मोडमा पुगेको देखाएको हाे।

महामन्त्रीद्वय थापा र शर्माले बिहीबार विशेष महाधिवेशन स्थगित भएको सूचना जारी गर्दै विशेष महाधिवशनका लागि अगाडि बढेको औपचारिका घोषणा गरेका थिए । नियमित महाधिवेशनका लागि संस्थापन पक्षबाटै अवरोध भएको बताएको यो समूहले अब त्यो महाधिवेशनको अध्यक्षता पार्टी सभापति शेरबहादुर देउवाले नै गरेर अगाडि बढ्नुपर्ने बताएको छ । औपचारिक रुपमा पत्रकार सम्मेलन नै गर्दै अब प्रक्रिया अघि बढिसकेको घोषणा नै गरेकाे कांग्रेस नेता मनोजमणी आचार्यले बताउनुभयाे।

विशेष महाधिवेशन पक्षधरहरुले कुनै पनि हालतमा यसबाट बाहिर आउन सक्ने अवस्थामा नरहेको कुशुम थापाले बताउनुभएकाे छ। संस्थापनले अस्वीकार गर्ने तर अर्को पक्ष जर्वजस्ती अगाडि बढ्ने अवस्थाले दल विभाजन सम्मको जोखिम पनि देखिन थालेको हाे । तर यो पक्ष त्यसका लागि संस्थापन पक्ष नै जिम्मेवार हुनुपर्ने भन्दै आफ्ना गतिविधिलाई निरन्तरता दिने पक्षमा देखिएकाे हाे ।

कांग्रेसभित्र विशेष महाधिवेशको माग अगाडि बढेसँगै पार्टी तरंगित भएको छ । नेताहरुकाबीचमा थप धुव्रीकरण बढ्ने निश्चित भएको हाे । दुवै समूह अहिले आ-आफ्ना रणनीतिका साथ एकले अर्कोलाई पेल्नेगरि अगाडि बढेका छन् । मिलन विन्दु पैलाउन असफल हुने अवस्था आएमा पार्टीमा दरार आउन सक्ने जोखिम देखिन्छ।
भिडियाे रिपोर्ट: