Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


कांग्रेसभित्र विशेष महाधिवेशनको माग बढ्दै (भिडियाे रिपोर्ट)

देशको पुरानो पार्टी कांग्रेस जटिलो मोडमा फस्ने जोखिम बढ्याे

1.4k
Shares

काठमाडाैं। नेपाली कांग्रेसभित्र यहि पुस २६ गतेका लागि डाकिएको १५औं महाधिवेशन नहुने निश्चित भएसँगै विवाद चुलिएको छ।

संस्थापन पक्षले असहयोग गरेका कारण क्रियाशिल सदस्यता टुङ्ग्याउन नसकिएको र त्यहीं बहानमा नियमित महाधिवेशन नहुने अवस्था सिर्जजना गरिएको निष्कर्षमा पुगेको विशेष महाधिवेशन पक्षले विशेष महाधिवेशन आह्वान गर्ने तयारी गरेको हाे। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन गर्नेगरि तयारी अघि बढाएका छन् ।

जेनजी आन्दोलनपछि विशेष कि नियमित महाधिवेशन भन्ने विवाद बढ्दै आएकोमा पुस २६ गतेदेखि नियमित महाधिवेशनमै जाने तय भएपछि विवाद साम्य भएको थियो । तर पुसको तेस्रो साता शुरु भईसक्दा पनि क्रियाशील विवाद नटुंगिएपछि पुस २६ गते नियमित महाधिवेशन नहुने निश्चित भएको छ । महाधिवेशनलाई इज्जतको सवाल बनाईरहेको विशेष महाधिवेशन पक्षले संस्थापन नियोजित रुपमा महाधिवेशन गर्न नचाहेको निष्कर्ष निकाल्दै पुस २७ र २८ मा विशेष महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले बताउनुभयाे।

विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएपछि नियमित महाधिवेशनको मिति तय गरेर रोकिएको थियो । तर क्रियाशित सदस्य नै नटुङग्यिपछि अहिले तोकिएको मितिमा त्यो सम्भव देखिएन । यसैलाई आधार मानेर संस्थापन पक्षले निर्वाचन अगाडि महाधिवेशनको सम्भावना सकिएको भनेको छ । यसको औपचारिक सूचना नै निकालेर जानकारी गराउने तयारी समेत भएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताउनुभयाे।

संस्थापन पक्षले अब निर्वाचन आइसकेकाले तत्काल महाधिवेशन सम्भावना नरहेको भनिरहेको समयमा अर्को पक्षले विधान विपरित जाने अवस्था नरहेको भन्दै विधान अनुसार अगाडि बढेको बताएको छ। महामन्त्रीद्वय थापा र शर्माले पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्ने लगायतका काम गर्ने र त्यसपछि विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढ्ने कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताउनुभयाे।

गत असोज २९ गते कार्यवाहक सपभापति पुर्णबहादुर खड्कालाई २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका थिए । विशेष महाधिवेशनको माग नियमितको मितिले रोकेको थियो । तर त्यो नहुने अवस्था आएपछि यो प्रक्रिया अगाडि बढेको छ । यसलाई व्यवस्थापन गर्न नसक्ने र दुई समूह नै आ-आफ्ना अडानमा रहने हो भने देशको सबै भन्दा पुरानो पार्टी कांग्रेस जटिलो मोडमा फस्ने जोखिम बढेको छ।

भिडियाे रिपोर्ट: