पाँचथर । पाँचथरका मुख्य खेलकुद गतिविधिहरु संचालन हुने सदरमुकाम फिदिममा अवस्थित फिदिम मा.विको खेल मैदानको कामले गति लिन थालेको छ।
पटक-पटक म्याद थपेर पनि काम सम्पन्न नहुँदा खेलक्षेत्र नराम्ररी प्रभावित भएकोमा अब भने आयोजनाको कामले पूर्णता पाउनेमा जिल्लावासीहरु आशावादी बनेका हुन् । राष्ट्रिय खेलकुद परिषदले २०७७ माघ २५ गते १० करोड ६३ लाख ५७ हजार ७ सय ८१ रुपैया रकम स्वीकृत गरी टेन्डर आह्वान मार्फत आयोजनाको जिम्मा काठमाडाैंको सुकेधारामा अवस्थित पिएस किरातेश्वर जेभीले पाएको थियो ।
तर पनि कोरोना भाईरस र बजेट अभाव लगायतका कारण आयोजनाको काम बढ्न सकेको थिएन् । आयोजनाको काम २ वर्षभित्रमा सक्नुपर्ने भएतापनि चौथो पटक म्याद थप हुँदा मात्रै काम सक्ने अवस्थामा पुगेको हाे । पछिल्लो समय यो आयोजनाको काममा स्थानीय सरकार फिदिम नगरपालिकाले समेत निगरानी गर्न थालेपछि आगामी जेठ अगावै काम सकिने फिदिमका नगर प्रमुख मित्रप्रसाद काफ्ले विस्वास गर्नुभयाे ।
अहिले सम्ममा मल्टिप्रपोज सपिङ विल्डीङको काम, रंगरोगन र रिटनिङ पर्खालको काम सकिसकेको छ । अब चेन्जिङ रुम सहितको प्याराफिट विल्डीङ निर्माण र खेलमैदान चप्परी घाँससहितको सडक लेन्स्किपिङ लगायतका काम बाँकी रहेकाे छ। खेलमैदान निर्माण अलपत्र हुँदा जिल्लामा ठूला खेलकुद प्रतियोगिताहरु हुन नसकेकोमा यो मैदान निर्माणकार्य सम्पन्न भएपश्चात असवै प्रतियोगिताहरु सुचारु हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष तामाङले बताउनुभयाे।
अहिलेसम्म आयोजनाको कामको भौतिक प्रगति ४७ प्रतिशत र वित्तिय प्रगति ३३ प्रतिशत रहेको छ । अब थपिएको म्याद आगामी जेठ मसान्तमा सकिने भएकाे छ। म्याद सकिनु अगावै काम सक्ने निर्माण व्यवसायीका प्रतिनिधिकाे दावी छ।
फिदिम बजारभित्र खेलमैदान अभावको कारण जिल्लाका जिल्ला, प्रदेश स्तरीय ठूला प्रतियोगिताहरु समेत फिदिम मा.विकै खेल मैदानमा हुने गरेको छ । ढिलै भए पनि अब यो आयोजनाको काम सकिएको खण्डमा सुविधा सम्पन्न खेल मैदानमा प्रतियोगिताहरु संचालन हुने भएका छन्। जसले गर्दा आयोजक, खेलाडी, खेलप्रेमी दर्शक र सरोकारवाला सम्वद्ध सबैलाई सहज बन्ने देखिन्छ।
भिडियाे रिपोर्ट:





प्रतिक्रिया दिनुहोस्