Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


सुध्रिनसके कांग्रेसले कसैको वैशाखी टेक्नुपर्दैनः नेता केसी

यदि कांग्रेस सुध्रिन नसकेकाे खण्डमा चारैतिर चुनौती नै चुनौती घेरमा हुने टिप्पणी

208
Shares

काठमाडाैं। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सुध्रिनसके पार्टीले कसैको वैशाखी टेक्न जरुरी नरहेको बताउनुभएको छ।

पार्टी केन्द्रीय कार्यालयमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले कांग्रेस सुध्रिन नसके चारैतिर चुनौती नै चुनौती रहेको टिप्पणी गर्नुभएकाे छ। उहाँले सुध्रिएर जनतामाझ जानसके तल्लो-स्तरसम्म संगठन भएको कांग्रेसलाई कसैको वैशाखी टेक्न जरुरी नरहेको बताउनुभयो । कांग्रेस आफैं लोकतन्त्रको संरक्षक र संवाहक भएको समेत उहाँले जिकिर गर्नुभएकाे छ।

कांग्रेस नेता रामनाथ अधिकारीले यहि पुस महिनाभित्र केन्द्रीय महाधिवेशन गरिसक्नुपर्ने भए पनि केही समय सर्नसक्ने अवस्था रहेको बताउनुभयो । उहाँले क्रियाशिल सदस्यता टुंग्याएर छिटो महाधिवेशन गर्नुपर्ने बताउनुभएकाे छ। छिटो महाधिवेशन गर्न आफ्नो जोडबल रहने समेत उहाँले बताउनुभयो।

नेता अधिकारीले आगामी निर्वाचन नलड्ने घोषणा गरे पनि पार्टी राजनीतिमा आफू सक्रिय रहने बताउनुभएकाे छ।