Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


‘युवासँगै नयाँ शक्ति मिलेर जानु एक र अन्तिम विकल्प’: प्रवक्ता शाही


598
Shares

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले काठमाडौंमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वैकल्पिक शक्तिहरु मिलेर जानुको विकल्प नरहेको भन्दै युवा शक्ति मिलेर जाने प्रश्ताव गरेको बतनाउनुभएको छ।

उहाँले बिहीबार संचारकर्मीसँग कुरा गर्दै उहाँले महानगर प्रमुख शाहसँग चरण चरणमा छलफल भएको पुष्टि गर्दै नयाँ शक्ति र युवाहरु एकीकृत भएर जाने विषयमा छलफल भएको बताउनुभएकाे हाे । उहाँले मुलुकको विकास र जनताको अपेक्षा पूरा गर्न वैकल्पिक शक्तिहरु मिलेर जानु नै अन्तिम विकल्प भएको बताउनुभयो । उहाँले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा १ सय ६५ वटै निर्वाचन क्षेत्रमा पकड बनाउने गरी वैकल्पिक शक्तिहरु मिल्नुपर्नेमा आफ्नो जोड रहेको पनि बताउनुभएकाे छ।

प्रवक्ता शाहीले निर्वाचनको लागि मात्रै नभई मुलुकको दीर्घकालिन हितका विषयहरुलाई मध्यनजर गर्दै अगाडि बढ्नुपर्ने आफ्नो धारणा रहेको समेत बताउनुभयो । उहाँका अनुसार भेटघाटमा देश निर्माणका लागि विभिन्न युवाशक्ति र वैकल्पिक शक्तिहरु एकजुट भएर अघि बढ्ने सम्भावनाकाे बारेमा छलफल छ। उहाँले तत्काल कुनै निश्चित निर्णय भइनसकेको भन्दै राजनीतिक सहकार्यको टुंगो लागिसकेपछि थप विषय सार्वजनिक हुने बताउनुभयो ।

प्रवक्ता शाहीले राम्रा मान्छेहरु नमिलेकै कारण मुलुकले सामाजिक आर्थिक समृद्धि हासिल गर्न नसकेको टिप्पणी पनि गर्नुभएकाे छ।