Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


राष्ट्रपति पाैडेल र प्रधानमन्त्री कार्कीसहित ३ राजनीतिक दलका शीर्ष नेताबीचको छलफल सकारात्मक

आगामी निर्वाचनको वातावरण बनाउनका लागि समझदारी

897
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पाैडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित देशमा प्रमुख ३ राजनीतिक दल शीर्ष नेताहरुसँग आगामी निर्वाचनकाे बारेमा वातावरण बनाउनका लागि छलफल गर्नुभएकाे छ।

साेही छलफल राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार भएकाे हाे। राष्ट्रपति पाैडेलले प्रधानमन्त्री कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयाेज पुष्पकमल दाहालसँग छलफल गर्नुभयाे। राष्ट्रपति पाैडेलले उनीहरुसँग पुनः छलफल गर्नुहुने भएकाे ।

फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्न मंगलबार बसेको बैठकमा भएको छलफल सकारात्मक भएपछि पुन: बैठक बस्न लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयाे। उहाँका अनुसार मंगलबार बसेको बैठकमा निर्वाचनका लागि आवश्यक वातावरण बनाउने समझदारी बनेको छ। छलफल सकारात्मक भएपछि पुनः बैठक बस्न लागेको हो।

बैठकमा कांग्रेसका सभापति देउवा र नेकपाका अध्यक्ष ओलीले सरकारले निर्वाचनको वातावरण तयार गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले सरकारले नै निर्वाचनको वातावरण बनाउन पहल गर्नुपर्नेमा जोड दिएका थिए । यद्यपी, नेकपाका संयोजक दाहालले अहिलेको अवस्थामा निर्वाचन नै निकासको उपयुक्त विकल्प भएको जिकिर गर्नुभयाे। उहाँले राष्ट्रपति पाैडेले गर्न सक्ने विकल्प यति नै भएकाले अब निर्वाचनमा जानु नै सही हुने तर्क गर्नुभएकाे छ।

त्यसैगरी प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनको वातावरण तयार गर्न प्रयासरत रहेको बताउनुभयाे। उहाँले सबै राजनीतिक दललाई निर्वाचनका लागि तयार रहन र सहयोग गर्न आग्रह गर्नुभएकाे छ।