Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


पूर्वआईजीपी खापुङसहित ३ जनाको स्थानहद फुकुवा (पत्रसहित)


1.3k
Shares

काठमाडौं। जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडीसहित ३ जनाको स्थानहद फुकुवा गरेको छ।

आयोगले गत भदौ २३ र २४ गतेको घटनाहरूको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानका लागि दुवाडीसहित पूर्वआईजीपी चन्द्र कुवेर खापुङ र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि समेत स्थानहद लगाएकोमा मंगलबार फुकुवा गर्ने निर्णय गरेको हो। उनीहरूमाथि आयोगले विदेश भ्रमण र काठमाडौंउपत्यका छाेड्न रोक लगाएको थियो।

तर, मंगलबार आयोगले गृह मन्त्रालयलाई पठाएको पत्रमा ‘पूर्वनिर्णय उपरको कार्य सम्पन्न भइसकेकाले निजको विदेश भ्रमण र उपत्यका छाेड्न नपाउने व्यवस्था फुकुवा गर्ने निर्णय भएकाे भनिएको छ।’ आयोगले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखक लगायतमाथि भने स्थान हद लगाएको छ।