Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


राष्ट्रपति पौडेलकाे पहलमा शीतल निवासमा प्रधानमन्त्री कार्की र ओलीसहित ३ शीर्ष नेताबीच भेटवार्ता जारी


962
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशका मुख्य राजनीतिक दलका ३ जना शीर्ष नेतासहित प्रधानमन्त्रीसँग छलफलमा गरिरहनुभएकाे छ।

राष्ट्रपति पौडेलको पहलमा राष्ट्रपति कार्यालय शीतल निवासमा हाल प्रधानमन्त्रीसहित प्रमुख ३ दलका शीर्ष नेताबीच छलफल जारी रहेकाे हाे। साेही छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल सहभागी रहेका छन् । कार्की प्रधानमन्त्री बनेपछि शीर्ष नेतासँगको यो पहिलो भेट हो।

जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी कार्कीले शीर्ष नेताको मुख हेर्न नचाहेको सार्वजनिक अभिव्यक्ति नै दिनुभएकाे थियाे। अहिले राष्ट्रपति पाैडेलकाे पहलमा उहाँले प्रत्यक्ष संवाद गर्नुभएकाे छ।