काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले अन्तरिम सरकारमा रहेका मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिरहेको बताउनुभएको छ।
सिंहदरबारमा साेमबार सरकारले आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। मन्त्रीहरुले अहिले धेरै बोल्ने नभइ सरासर काम गर्ने भएको बताउनुभयो। अहिलेको सरकारलाई देशले ऐतिहासिक जिम्मेवारी दिइएको उल्लेख गर्दै उहाँले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित गराउन नसके मन्त्री भएर बसिरहन नहुने बताउनुभयो। उहाँले निर्वाचन, निष्पक्ष, भयरहित र शान्तिपूर्ण हुनुपर्ने बताउनुभएकाे छ। उहाँले निर्वाचनको वातावरण बनाउने काम सरकारको भएको बताउनुभयो।
नेता पाण्डेले सरकारको ध्यान निर्वाचनमा केन्द्रित गर्न आग्रह गर्नुभयो। सरकारले नयाँ-नयाँ कुराहरु गर्न शुरु गरे काम नहुने उहाँकाे भनाइ छ।





प्रतिक्रिया दिनुहोस्