Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


देशैभरी १० लाख बढी मतदाता थपिए: निर्वाचन आयोग

११४ रानीतिक दलले आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्ने

234
Shares

काठमाडाैं। निर्वाचन आयोगले देशैभरी १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएकाे जनाउकाे छ। छन् ।
सिंहदरबारमा सोमबार आसन्न प्रतिनिधि सभा निर्वाचनकाे बारेमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो जानकारी दिनुभएको हो। उहाँका अनुसार हाल प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दर्ता भएका दलहरुको संख्या १ सय १४ पुगेको छ। गत २०७९ सालको निर्वाचनमा ८७ दलहरुले निर्वाचनमा भाग लिएका थिए । उहाँले दलहरुको संख्या बढेको कारण निर्वाचनमा प्रतिष्पर्धा बढ्ने अनुमान आयोगले गरेको जानकारी समेत दिनुभयो। उहाँले निर्वाचनमा प्रयोग गरिने ५१ सामग्रीहरु आयोगले पहिचान गरेको जानकारी समेत दिनुभएकाे छ।

प्रवक्ता भट्टराईले ती सामग्रीमध्ये ३७ वटा सामग्रीहरु जिल्लास्तरबाट नै खरिद गर्ने र बाँकी १४ वटा सामग्रीहरु मात्रै आयोगले खरिद गरेर उपलब्ध गराउनेगरी काम भइरहेको समेत उहाँले जानकारी समेत दिनुभयो । उहाँले पित्तलको स्वस्तिक चिन्ह छाप, स्ट्यम्प प्याड-स्ट्याम्प प्याड मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर र कैंची लगायतका सामग्रीका सम्बन्धमा नपुग सामग्री मात्र खरिद गर्नेगरी आयोगले प्रक्रिया अगाडि बढाएको समेत बताउनुभएकाे छ।

प्रवक्ता भट्टराईले मुलुकभर निर्वाचनको वातावरण बनाउन सुरक्षा निकाय एवं सरकारसँग आयोगले निरन्तर छलफल र परामर्श गरिरहेको समेत जानकारी दिनुभयो।