Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


पुँजीबजारमा सामान्य सुधार


0
Shares

काठमाडौं, असोज ७ । साताको पहिलो दिन आइतबार पुँजीबजारमा सामान्य सुधार आयो ।

यसदिन सेयरबजार परिसूचक नेप्से साढे २ अंकले बढेर १२ सय ५७ विन्दुमा पुग्यो ।

यसदिन आधा समूहमा सुधार आयो भने आधा बजार समूहमा गिरावट आयो ।

वाणिज्य बैंक, व्यापार, होटल, विकास बैंक, जलविद्युत् र वित्त समूहमा वृद्धि आएसँगै नेप्से सुधारिएको हो । बाँकी समूहमा गिरावट आयो ।

यसदिन १६७ कम्पनीका ५५ लाख ६७ हजार कित्ता सेयर ६९ करोड ८४ लाख रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।