Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


निर्वाचन नभए संसद पुनस्थापना गर्नुपर्छः नेता सिंह

पार्टीकाे १५ औं महाधिवेशन हुनेमा शंका नगर्न आग्रह

481
Shares

काठमाडाैं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी फागुन २१ गते निर्वाचन नभए संसद पुनःस्थापना गर्नुपर्ने बताउनुभएको छ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा शनिबार आयोजित कार्यक्रममा बाेल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हाल ट्रयाकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै उपयुक्त माध्यम भएता पनि निर्वाचन हुन नसकेमा संसद पुनस्र्थापनाको विकल्पलाई पनि खुला नै राख्नुपर्नेमा जोड दिनुभयो। उहाँले वर्तमान सरकारले तोकिएको समयमा नै निर्वाचन गर्ने दावी गरे पनि सुरक्षा व्यवस्थाको अवस्था हेर्दा त्यो सम्भव नरहेकाे बताउनुभएकाे छ।

नेता सिंहले पार्टीको महाधिवेशनमा पनि केन्द्रित हुन पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो। महाविधेशनको कार्यतालिका सर्वसम्मत रुपमा आएकाले १५ औं महाधिवेशन हुनेमा शंका नगर्न उहाँले आग्रह गर्नुभएकाे छ। तर महाधिवेशन विधिअनुसार हुनुपर्नेमा उहाँकाे जोड छ। पार्टीको विधान मिचेर महाधिवेशन हुननसक्ने समेत उहाँले बताउनुभयाे।उहाँले पार्टीको क्रियाशील सदस्यता टुंगोमा पुर्‍याएपछि महाधिवेशन हुने बताउनुभएकाे छ ।

नेता सिंहले आगामी निर्वाचनमा पार्टीले खटाएको उम्मेद्वारलाई जिताउनको लागि एकजुट भएर लाग्न पनि नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो।