Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


रवि काठमाडौं विमानस्थलबाट सिधैं शहीद परिवार भेट्न पुगे, भेटेपछि बने भावुक

जेनजी घाइतेको शरीरमा रहेका गोलीका छर्राले सिङ्गो देशलाई दुखाएको उल्लेख

884
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेनजी आन्दोलनका शहीद परिवारलाई भेट्न पुग्नुभएकाे छ।

सहकारी ठगी प्रकरणमा धरौटी बुझाएर शुक्रबार रिहा भएर चितवनबाट काठमाडौं ओर्लिए लगत्तै शनिबार दिउँसाे सभापति लामिछाने शहीद परिवारलाई भेट्न पुग्नुभएकाे हाे। विमानस्थलमा समर्थकहरूको भव्य स्वागत पछि उहाँ सिधैं बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुग्नुभएकाे छ।

हिरासतबाट रिहा भएपछि आफ्नो पहिलो प्राथमिकता शहीदका आमाहरूको आँसु पुछ्ने रहेको बताउदै उहाँले भावुक मुद्रामा कार्यालय पुग्नुभएकाे हाे। सभापति लामिछानेले आन्दोलनका घाइतेहरूको शरीरमा रहेका गोलीका छर्राहरूले सिङ्गो देशलाई दुखाएको उल्लेख गर्नुभयाे। उनीहरूको घाउमा मलम लगाउन रास्वपाले पहल गर्ने समेत उहाँकाे भनाइ छ।

सभापति लामिछानेले जेनजी अभियान्तादेखि नयाँ साथीहरू सबैलाई एकै ठाउँमा ल्याउन आफ्नो तर्फबाट अधिकतम प्रयास हुने बताउनुभयाे।