Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


खुला मञ्च खुला गर्न सरकारसँग संयोजक दाहालकाे माग

राजनीतिक दलले कार्यक्रम गर्न १ लाख मानिस अट्ने मैदान नहुनु लज्जास्पद

2.3k
Shares

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले खुला मञ्च खुला गर्न सरकारसँग माग गर्नुभएको छ।

काठमाडौंमा शनिबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उहाँले यस्तो माग गर्नुभएको हो। उहाँले १ लाख मानिस अट्ने मैदान नहुनु लज्जाको विषय भएको बताउनुभयो। उहाँले १ लाख मानिसहरु राजनीतिक दलले उतारेर कार्यक्रम गर्न नपाउनु अपमानजनक विषय भएको बताउनुभएकाे बताउनुभएकाे छ। काठमाडौं उपत्यकाका अन्य स्थानहरु राजनीतिक दलहरुलाई कार्यक्रम गर्न सानो भएको उहाँले बताउनुभयाे।

संयोजक दाहालले सबै वामपन्थी कम्युनिष्टहरु एकतावद्ध हुनुपर्नेमा जाेड दिनुभएकाे छ।