Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


साफ महिला क्लब च्याम्पियनसिपको फाइनल खेलमा आज एपीएफ र इस्ट बंगालबीच प्रतिष्पर्धा हुँदै

विजेताले १० हजार र उपविजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्ने

949
Shares

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपको फाइनल खेलमा शनिबार एपीएफ फुटबल क्लब र भारतको इस्ट बंगालबीच प्रतिष्पर्धा हुने भएको छ ।

सोही खेल काठमाडौंको त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा शनिबार साँझ ५ बजेदेखि शुरु हुने भएको हो । फाइनल खेल हुनु अघि दुवै टिमले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रन तयार रहेको जनाएका छन् । फाइनल अघि शुक्रबार दशरथ रङ्गशालामा आयोजित प्रि–म्याच कन्फरेन्समा एपीएफ फुटबल क्लबकी अनिता बस्नेतले फाइनल खेलका लागि टीम तयार रहेको दावी गरेकी छन् ।

अहिले क्लबका लागि भन्दा पनि देशको प्रतिनिधित्व गर्दै प्रतियोगिता खेलिरहेको भन्दै उनले पहिलो पटक उपाधि कब्जा गर्ने रणनीतिका साथ मैदान उत्रने बताइन् । त्यस्तै, एपिएफ फुटबल क्लबका प्रशिक्षक जिवेश पाण्डेले लिग चरणमा टीममा भएका कमी कमजोरीलाई सुधार गर्दै फाइनल खेल खेल्ने बताएका छन् ।

त्यसैगरी भारतको इस्ट बंगालका प्रशिक्षक र कप्तानले उपाधि जित्ने लक्ष्यलाई पूरा गर्नेगरि खेल्ने बताएका थिए । साफ महिला क्लब च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्ने भएका छन् ।