Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


महाधिवेशनमा सह-महामन्त्रीकाे उम्मेदवार बन्ने कांग्रेस नेता शर्माकाे तयारी

नेतृत्वले महाधिवेशनमा दोस्रो तहका नेतामाथि दमन गरे छुट्टै प्यानल बनाएर विद्रोहमा उत्रिने चेतावनी

611
Shares

काठमाडाैं। नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औं महाधिवेशनमा आफू सहमहामन्त्री सशक्त दाबेदार रहेको बताउनुभएको छ ।

काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता शर्माले महाधिवेशनमा सहमहामन्त्रीको दावी गर्ने बताउनुभएको हो। उहाँले आफूलाई सहमहामन्त्री पदमा उठ्न नदिए आफ्नै ढंगले महामन्त्री पदमा उम्मेदवारी दिने समेत बताउनुभयो। उहाँले पार्टीका शीर्ष नेताहरुले महाधिवेशनमा दोस्रो तहका नेताहरुमाथि दमन गरे छुट्टै प्यानल बनाएर विद्रोहमा उत्रिने चेतावनी समेत दिनुभयो।

नेता शर्माले पार्टीका वर्तमान महामन्त्री गगनकुमार थापाले चलाएको पार्टी आफूहरुले देखिसकेको बताउदै आफूले चलाएको पार्टी जनतालाई देखाउने इच्छा रहेको पनि बताउनुभएकाे छ।