Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


राज्यले निर्माण व्यवसायीमाथि आतंक बढाएकाे मुख्यमन्त्री बानियाँकाे टिप्पणी


325
Shares

काठमाडाैं। बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राज्यले निर्माण व्यवसायीमाथि आतंक बढाएको टिप्पणी गर्नुभएको छ।

काठमाडौंमा शुक्रबार आयोजित बागमती प्रदेश निर्माण व्यवसायी महासंघको पाँचौ वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्ताे टिप्पणी गर्नुभएको हो । मुख्यमन्त्री बानियाँले विकास र निर्माणको कार्यलाई अघि बढाउने नाममा स्टन्टबाजी नगर्न पनि तीन वटै तहका सरकारले सचेत गराउनुभयो । उहाँले विधि र प्रक्रिया नपुर्‍याई टेन्डर आह्वान गर्ने कामले पनि विकास-निर्माणको कामले गति लिन नसकेको बताउनुभएकाे छ।

मुख्यमन्त्री बानियाँले निर्माण व्यवसायीहरुलाई बैंकहरु पनि पछिल्लो समय दुःख दिने गरेको समेत बताउनुभयो । प्रधानमन्त्री र मन्त्रीले समेत आफूले काम गरेको देखाउनका लागि गैरकानूनी ढंगले टेन्डर आह्वान गर्ने लगायतका कामहरु गरिरहेको बताउदै उहाँले आपत्ति जनाउनुभएकाे छ।

Skip This