Logo १५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026


रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतकाे आदेश (आदेश पत्रसहित)

विदेश यात्रा गर्नका लागि भने अदालतलाई पूर्वजानकारी गराउनुपर्ने

3.5k
Shares

काठमाडौं। सहकारी प्रकरणकाे आराेपमा ललितपुरकाे नख्खु कारागारका रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत बुटवलले आदेश दिएको छ।

अदालतका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले बिहीबार यस्ताे आदेश दिएको हो । अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले लामिछाने २ करोड ७४ लाख ८४ हजार रुपैयाँ जमानत बापत बुझाएर रिहा हुने आदेश दिएकाे बताउनुभयाे। लामिछाने विदेश यात्रा गर्न परेमा अदालतलाई पूर्वजानकारी गराउनुपर्ने आदेशमा भनिएकाे छ।

न्यायाधीश आचार्य र पौडेलको इजलासमा लामिछानेले को मुद्दाको सुनुवाइ भएको हो। लामिछानेले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्नु पाउँ भनेर निवेदन दिएका थिए ।