Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


निर्वाचनमा उम्मेदवार बन्नका लागि आवेदन दिन उज्यालो नेपाल पार्टीकाे आह्वान

मंसिर २९ गतेभित्र आवेदन दिन आग्रह

221
Shares

काठमाडाैं। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ संरक्षक रहेकाे उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनको उम्मेदवारका लागि खुला आवेदन आह्वान गरेको छ।

सोही पार्टीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सोही निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिन इच्छुकहरुले यहि मंसिर २९ गतेभित्र आवेदन दिन आग्रह गरेको हो। निर्वाचनका लागि योग्य, सक्षम-स्वच्छ छवि भएका र देशको उज्यालो भविष्य निर्माणका लागि स्पष्ट मार्गचित्र कोर्नसक्ने व्यक्तिहरुबाट उम्मेदवारीको लागि २०८२ साल मंसिर २९ गतेसम्म खुला आवेदन आह्वान गरिएको पार्टीका प्रवक्ता डा. राजु थापाले जानकारी दिनुभयो।

पार्टीले आवेदन दिँदा आफूले उठन चाहेको निर्वाचन क्षेत्र उल्लेख गर्न आग्रह गरेकाे छ। प्रवक्ता थापाले उम्मेदवारी दिँदा उज्यालो नेपाल बनाउने मार्गचित्रसहितको उम्मेदवारलाई प्राथमिकता दिइने बताउनुभयो। –