Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


पूर्वसभामुख महरालाई २० लाख रूपैयाँ धरौटीमा छाेड्न अदालतकाे आदेश


871
Shares

काठमाडाैं। उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख रुपैयाँ धरौटीमा छाेड्न आदेश दिएको छ।

अदालतका न्यायाधीशहरू अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले बिहीबार महरालाई २० लाख रुपैयाँ धरौटीमा छाेड्न आदेश दिएको हो। तत्काल प्रमाणहरूको आधारमा प्रतिवादीलाई थुनामा नै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेसम्मको अवस्था नदेखिएको अवस्थामाअदालतबाट थुनामा राख्ने गरी भएको गत असोज २९ गतेको आदेश मिलेको नदेखिँदा बदर गरिदिएको आदेशमा भनिएको छ।

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भेपमार्फत सुन तस्करी प्रकरणमा महारालाई शुरूमा मुद्दा चलाएको थिएन। तर पछिल्लो समय जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो। जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।