Logo ११ मंसिर २०८२, बिहिबार | Thu Nov 27 2025


एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्स विजयी

लुम्बिनी लायन्स भने ७ विकेटले पराजित

182
Shares

काठमाडाैं। जारी दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्स विजयी भएकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएकाे खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गरेको हो। एक्लो अपराजित टोली सुदूरपश्चिमले लगातार चौथो खेलमा जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाएको छ। यता लुम्बिनी भने आफ्ना ४ खेलमध्ये ३ खेलमा पराजित भइसकेको छ। जसका कारण लुम्बिनीको प्लेअफ दौड कठिन बन्दै गएको हाे।

लुम्बिनीले दिएको १ सय ४४ रनको लक्ष्य सुदूरपश्चिमले ३ विकेटको क्षतिमा १८ दशमलव२ ओभरमा पूरा गर्‍यो। सुदूपश्चिमको जितमा ओपनिङ ब्याटर विनोद भण्डारीले अर्धशतक प्रहार गरेका थिए। भण्डारीले नटआउट ६९ रन जोड्ने क्रममा ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका हुन्।

भण्डारीले आरिफ शेखसँग तेस्रो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए। आरिफ शेखले ३७ बलमा ४ चौका र १ छक्का प्रहार गरेका हुन्।