Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


विज्ञापन व्यवसायलाई उद्योगको मान्यता दिन माग


0
Shares

काठमाडौं, असोज ६ । नेपाल विज्ञापन संघ (आन)ले विज्ञापन व्यवसायलाई उद्योगको मान्यता दिन पुनः माग गरेको छ ।

आनको शनिबार राजधानीमा सम्पन्न १९औं वार्षिक साधारणसभामा विज्ञापन व्यवसायलाई उद्योगको पहिचान दिनुपर्ने र ‘क्लिनफिड’ लागू गरिनुपर्नेमा जोड दिइएको हो ।

संघका अध्यक्ष रवीन्द्रकुमार रिजालले क्लिनफिड लागू गरी राष्ट्रियताको मुद्दालाई चरितार्थ पार्नुपर्ने बताए ।

यस्तै, नेपाल मिडिया सोसाइटीका पूर्वअध्यक्ष एवं सन्चारउद्यमी आरके मानन्धरले क्लिनफिडलाई राष्ट्रियताको विषयसँग जोडेर हेर्न आग्रह गरे ।

कार्यक्रममा सन्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले राष्ट्रिय आमसन्चार नीतिले विज्ञापन व्यवसायको विषय समेटेको बताए ।

संघले आर्थिक वर्ष २०७५/७६ का लागि एक करोड ५० लाख रुपैयाँ बराबरको अनुमानित बजेट विनियोजन गरेको जनाएको छ ।