नवलपरासी। नवलपरासीमा क्षयरोगका सम्भावित बिरामीहरुको खोजी गर्न थालिएको छ।
क्षयरोगको लक्षण नदेखिएका तर क्षयरोगको संक्रमण भएकाहरुको खोजीका लागि एआई एक्सरे प्रविधिको माध्यमबाट उनीहरुको खोजी गरिन थालिएको हो।
स्वास्थ्य कार्यालयको समन्वयमा विराट नेपाल मेडिकल ट्रस्ट (विएनएमटी) ले उनीहरुको पहिचान गर्न समुदायस्तरमा कार्यक्रम शुरु गरेको छ। पहिलो चरणमा क्षयरोगको सम्भावित जोखिम क्षेत्र रहेको जिल्लाको पाल्हीनन्दनस्थित गेर्मी र रामग्रामको अमरवनमा शिविर सञ्चालन गरेर उनीहरुको खोजी गरिएको हो । मुख्यरुपमा क्षयरोगका औषधि खाइरहेका परिवारका सदस्यहरु त्यसको जोखिममा पर्ने भएकाले उनीहरुलाई लक्षित गरेर परीक्षण शुरु गरिएको विराट मेडिकल ट्रस्टका सुपरभाइजर राजन रेग्मीले जानकारी
जिल्लामा यस वर्ष (साउन महिनादेखि असोजसम्म) १ सय ४२ नयाँ बिरामी थपिएसँगै करिब ४ सय बढी सक्रिय क्षयरोगका बिरामीले नियमित औषधि खाइरहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन देवकीनन्दन आचार्यले जानकारी दिनुभएकाे छ। त्यस्ता परिवारका सदस्यहरुलाई शरीरभित्र रहेका किटाणुकाे बारेमा जानकारी नहुने र लक्षण पनि नदेखिने तर, लामो समयपछि क्षयरोग लाग्ने भएकाले समयमै पहिचान गरी उपचार शुरु गर्नका लागि परीक्षण सुरु गरिएको संस्थाका सुपरभाइजर रेग्मीको भनाइ थियाे।
शरीरभित्र देखिएको किटाणु मार्नका लागि १२ हप्तासम्मको औषधिले निको हुन्छ। तर, समयमा पहिचान नहुँदा पछि सक्रिय क्षयरोग लाग्ने भएकाले पहिचानका लागि परीक्षण शुरु गरिएको हो। किटाणु देखिदैमा क्षयरोग भने नहुने चिकित्सकहरुले बताएका छन् । एआईले बाहिर स्वस्थ देखिएको व्यक्तिको समेत क्षयरोगको लक्षण भए/नभएको बारेमा तत्काल कम्प्युटरमा देखिएको एक्सरेमा बताउने भएकाले त्यसैका आधारमा उपचार शुरु गरिने छ। एआई एक्सरे रिपोर्टका आधारमा तत्कालै औषधि भने चलाइँदैन।
एआइले लक्षण देखाएका व्यक्तिको पहिचान गरेपछि रोग पुष्टिका लागि खकार परीक्षण गर्न पठाइन्छ । त्यसैगरी लक्षण नदेखिएकाहरुलाई ४८ देखि ७२ घण्टाको स्किन परीक्षणका लागि राखिने र त्यसपछि उपचारका विधिहरु शुरु गरिने बताइएको छ।
भिडियाे रिपोर्ट:




प्रतिक्रिया दिनुहोस्