Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


यान्त्रिकरणले धान खेतीमा सहज (भिडियाे रिपोर्ट)

यान्त्रिकरणका कारण कृषकको श्रम र समयको बचत

117
Shares

पाल्पा । पाल्पाका कृषकहरुले पनि खेती लगाउनेदेखि बाली उठाउनेसम्मका काममा यान्त्रिक सहयोग लिन थालेका छन् ।

जसका कारण कृषकहरुको श्रम र समयको बचत हुन थालेको हाे। पाल्पाको माडी फाँट, रामपुर, अर्गली, कचँल पुर्वखोला, छेरलुङ्ग, हुर्गी र गेझाँ सर्देवा फाँटमा अहिले कृषकलाई धान स्याहर्ने चटारो बढेको छ। कृषिमा यान्त्रिकरण तथा आधुनिकरणले कृषकहरु लाई काम गर्न सजिलो र लागत समेत कम पर्ने गरेको हाे । पाल्पाका ठूला-ठूला फाँटहरुमा धान काट्ने, झाट्ने, बाेक्ने र पराल ओसार पसारमै कृषकहरु व्यस्त देखिएका छन् । कृषिमा यान्त्रिकरणको कारण ४-५ दिन लाग्ने काम, २-४ घण्टामै सकिने गरेको छ। जसका कारण बचत भएको समय अन्य काममा लाग्ने कृषक टोप बहादुर घर्तिमगरले बताउनुभयाे।

कृषिमा उत्पादन लागत कम पर्ने, खेतालाहरु कम लाग्ने, छिटो छरितो काम हुने भएपछि पाल्पाका ठूला-ठूला फाँटमा खेतबारी खनजोत गर्ने, धान रोप्ने र धान चुट्ने जस्ता मेशिनहरुको प्रयोग बढ्दै गएको छ। यसरी प्रविधिको प्रयोगले खेतालालाई दिनुपर्ने आर्थिक ब्ययमा भार समेत कम भएको कृषक बुद्धराज बस्याल र अर्जुन कुमालकाे भनाइ छ।

पाल्पामा ३६ हजार ५ सय ३७ हेक्टरमा खेती हुँदै आएकोमा ७ हजार ८ सय ८१ हेक्टरमा धान खेती हुँदै आएको छ। समयमा वर्षा नभएको, मलखात नपाएको र धान स्याहर्ने समयमा पानी परेका कारण गत वर्ष भन्दा धान उत्पादनमा कमी आएको कृषकहरुले बताएका छन् । पछिल्लो समयमा धान खेतीमा यान्त्रिकरण बढेसँगै उत्पादन लागत घटेको, श्रम ज्याला घटेको, कृषकहरुको आम्दानीमा वृद्धि भएको छ।

कृषि प्रदान देशमा कृषकका समयस्या भने हरेक वर्ष उस्तै रहेको छन्। कृषकलाई प्रोत्साहित गराई स्वदेशमै युवालाई कृषिमा रोजगार बनाउन सके विदेशप्रतिको मोह हट्न सक्ने देखिन्छ।

भिडियाे रिपोर्ट: